free website hit counter

सरकार छाड्ने कि नछाड्ने आजै निर्णय हुँदै

beemaadmin
२०७६ मंसिर ७, शनिबार

काठमाडौं । आफूखुशी मन्त्रालय परिवर्तन गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट देखिएको संघीय समाजवादी पार्टीको पदाधिकारी बैठक राजधानीमा शुरु भएको छ । सरकारमा निरन्तरता दिने कि नदिने भन्ने विषयको निर्णय गर्न आजको बैठक बोलाइएको हो । उपप्रधानमन्त्री एवं पार्टी अध्यक्ष उपेन्द्र यादव शुक्रबार साँझ भारतबाट काठमाडौं फर्केपछि आज अबेर बैठक बोलाइएको हो । बैठक चार बजेदेखिनै बस्ने बताइए पनि ५ः३० बजेबाट मात्रै बैठक शुरु हुने बताइएको छ । यसअघि बसेको पार्टीको केन्द्रीय समितिका बैठकले सरकारसँग भएको संविधान संशोधन लगायतका दुइँ बुँदे माग पूरा गराउनका लागि सरकारमा निरन्तरतामा जोड दिएको थियो ।

केन्द्रीय समितिको बैठकले गरेको निर्णय अहिले मन्त्रालय परिवर्तन भएपछिको पदाधिकारीले उल्ट्याउन नसक्ला, संघीय समाजवादीका नेता डा. शिवजी यादवले बताए । केन्द्रीय समितिले गरेको निर्णय कार्यान्वयन हुनुपर्छ भनेर आवाज उठिरहेको बेला पदाधिकारी बैठकले त्यसलाई सम्भवतः उल्ट्याउन नसक्ने भएका कारण पार्टीले तत्काल सरकार छाड्ने सम्भावना नरहेको उनको तर्क थियो । सरकारसँग गरिएका सम्झौता कार्यान्वयको शुरुआत नहुँदै सरकार छाड्न नहुने पार्टीका अन्य नेता तथा कार्यकर्ताको धारणा रहेको छ । यही धारणाका कारणले पनि उपेन्द्र यादव सरकारमा रहीरहने बलियो आधार रहेको छ । आजको पदाधिकारी बैठकले यसबारेमा ठोस निर्णय लिनेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार