free website hit counter

सलिको सुरक्षा रन २०२६ सम्पन्न, ५ सयभन्दा बढीको सहभागिता

beemaadmin
२०८३ श्रावण ४, सोमबार

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आफ्नो स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘सलिको सुरक्षा रन २०२६’ सफलतापूर्वक सम्पन्न गरेको छ।

स्वास्थ्य, सचेतना तथा बीमाप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘टेम्बल रन’सँगको सहकार्यमा आयोजित प्रतियोगितामा ५ सयभन्दा बढी धावक तथा सहभागीहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ।

Advertisement
Advertisement

दौड कम्पनीको केन्द्रीय कार्यालय नक्साल भगवती मार्गबाट सुरु भई ज्ञानेश्वर, कमलपोखरी, घण्टाघर र उत्तरढोका हुँदै पुनः केन्द्रीय कार्यालयमै पुगेर सम्पन्न भएको थियो। सहभागीहरूको उत्साह र सक्रियताले कार्यक्रमलाई थप आकर्षक बनाएको कम्पनीको भनाइ छ।

Advertisement
Advertisement

दौड सम्पन्न भएपछि सहभागीहरूका लागि विभिन्न मनोरञ्जनात्मक खेल तथा गतिविधिहरू पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागी सबै धावकलाई सहभागिता पदक प्रदान गरिएको थियो।

त्यसैगरी, पुरुष तथा महिला दुवै विधामा प्रथम हुने विजेतालाई ९ लाख रुपैयाँसम्मको ‘सलिको आरोग्य हेल्थ इन्स्योरेन्स’ सहित नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको कम्पनीले जनाएको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न प्रदेशमा सामाजिक सेवामूलक कार्यक्रमहरू पनि सञ्चालन गरेको छ। गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेशस्थित मानव सेवा आश्रममा भोजन वितरण, लुम्बिनी प्रदेशमा रक्तदान कार्यक्रम तथा मधेश प्रदेशस्थित आमाको माया छात्रावासमा भोजन तथा खाद्यान्न वितरण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस्ता कार्यक्रममार्फत समाजप्रतिको दायित्वलाई प्रभावकारी रूपमा निर्वाह गर्ने प्रयास गरिएको हो। साथै, सुरक्षा रनको सफल आयोजनाले स्वस्थ जीवनशैली प्रवर्द्धन, बीमा सचेतनाको विस्तार तथा समुदायसँग कम्पनीको सम्बन्ध अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गरिएको छ।

सलिकोले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व, स्वास्थ्य प्रवर्द्धन तथा जनहितका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार