free website hit counter

सांग्रिला डेभलपमेन्ट बैंकले तोक्यो साधारण सभाको मिति

beemaadmin
२०८२ मंसिर १४, आईतवार

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा डाकेको छ । मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २१ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा पुस ७ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग क्याटरर्समा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने र सो कार्याका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ । यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१–८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१–८२ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८२–८३ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार