free website hit counter

सांसदलाई राजधानी छाड्न प्रतिबन्ध, भीभीआईपीको पनि कोरोना परीक्षण

beemaadmin
२०७७ बैशाख ३१, बुधबार

काठमाडौँ । कोरोना संक्रमितको संख्या अप्रत्यासित रुपमा बढ्न थालेपछि संघीय संसद्का सबै सांसदलाई काठमाडौं उपत्यका छाडेर बाहिर जान रोक लगाइएको छ । संसद् सचिवालयका अनुसार आआफ्नो पार्टीका संसदीय दलले मंगलबार सांसदहरूलाई उक्त सूचना प्रवाह गरेका छन् । संसद् बैठक सञ्चालन हुनुअघि सचिवालयले सबै सांसदको पीसीआर विधिबाट कोभिड–१९ को परीक्षण गराएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो समय विशेषतः भारतीय सीमा जोडिएका जिल्लाहरूमा संक्रमितको संख्या ह्वात्तै बढेपछि सांसदहरूलाई काठमाडौं बाहिर नजान सूचित गरिएको हो ।

भीभीआईपीको पीसीआर परीक्षण
संघीय संसदका सबै सांसदको कोरोना परीक्षण गरिसकिएकोमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मुख्यसचिव लोकदर्शन रेग्मी र प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गरिएको छ । राष्ट्रपति कार्यालयका ३७ जना र उपराष्ट्रपति कार्यालयका ६४ जनाको परीक्षण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पढ्ने सूची संसद् सचिवालयले तयार गरेको छ । उक्त दिन कोभिड–१९ परीक्षण गरेर नेगेटिभ देखिएको प्रमाणपत्रका आधारमा मात्र संसद् भवन प्रवेश गर्न पाइनेछ । राष्ट्रपतिले सम्बोधन गर्ने संघीय संसद्को यसपटकको संयुक्त बैठकमा नेपालस्थित विदेशी राजदूतहरूलाई नबोलाइने भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार