free website hit counter

सागका खेलाडीको ५ लाखको दुर्घटना बीमा

beemaadmin
२०७६ मंसिर १०, मंगलवार

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग–२०७६) अन्तर्गत विभिन्न खेलहरुमा सहभागि हुने खेलाडीको प्रतिव्यक्ति ५ लाखका दरले सामूहिक दुर्घटना बीमा आईएमई जनरल इन्स्योरेन्सले गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले सागअन्तर्गत खेलकुद कार्यक्रममा सहभागि हुने वैदेशिक खेलाडी तथा खेलकर्मी तथा अन्य वैदेशिक पदाधिकारीहरुको उक्त रकम बराबरको सामूहिक दुर्घटना बीमा गराउन लागेको हो ।
सो सम्बन्धी सम्झौता राष्ट्रिय खेलकुद परिषद र आइएमई जनरल इन्स्योरेन्सबीच सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषदको सचिवालय तथा १३औं दक्षिण एसियाली खेलकुद २०७३ को मूल आयोजक समितिको तर्फबाट सदस्य सचिव रमेश सिलवाल र आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
साथै, उक्त सम्झौता अनुसार खेलकुद आयोजनाको समयावधी अर्थात मंसिर १५ गतेदेखि मंसिर २४ गतेसम्मको लागि यस इन्स्योरेन्सलाई आधिकारिक बीमा प्रायोजकको रुपमा नियुक्त गरिएको छ । सम्झौता कार्यक्रममा सदस्य सचिव रमेश सिलवालले इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गर्दै आईएमई जनरल इन्स्योरेन्ससँग आगामी दिनमा सँगै अघि बढ्ने बताएका छन् । भने यति ठूलो अवसर प्रदान गरेकोमा इन्स्योरेन्सका सीईओ श्रेष्ठले खेलकुद परिषदलाई धन्यवाद ज्ञापन गरे ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार