free website hit counter

सात तले भवनबाट खसेर गयो पोखराका युवाको जापानमा ज्यान

beemaadmin
२०७७ कार्तिक १९, बुधबार

टोकियो । जापानमा एक नेपाली युवाको सात तले भवनबाट खसेर ज्यान गएको छ । जापानको नागोया शहरमा पोखराका एक नेपाली युवाको मृत्यु भएको हो । नागोया फुसिमी स्टेशन नजिक बस्दै आएका उनको आफू बस्ने घरको सातौं तलाबाट खसेर मृत्यु भएको हो।
प्राप्त जानकारी अनुसार मृतक ती युवा ६ वर्षअघि विद्यार्थी भिषामा जापान आएका थिए । गएको जुलाइ महिनामा आईचिस्थित एक कारको मोटरपार्टस् कम्पनीमा कामदार भिषा परिवर्तन गरेका उनी सेप्टेम्वर यता भने रोजगारविहीन रहेको बुझिएको छ।

उनको आफू बस्दै आएको घरको सातौं तलाबाट खसेर मृत्यु भएको पुष्टि भए पनि असावधानिवस खसेर हो वा अन्य कुनै कारणले हो भन्ने बारे खुलेको छैन् । उनले आत्महत्या गरेको पनि हुनसक्ने अनुमान गरिएको छ । घटनाबारेमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतक ती युवा अविवाहित रहेको उनी निकटका आफन्तले बताएका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार