free website hit counter

सात वर्षे ऋणपत्र जारी गर्दै कृषि विकास बैक

beemaadmin
२०७६ मंसिर १०, मंगलवार

काठमाडौँ । कृषि विकास बैंकले २५ लाख इकाइ ऋणपत्र निश्कासन गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक १०.३५ प्रतिशत ब्याजदरमा पाइनेछ । बैंकले ७ वर्ष अवधिको कृषि विकास बैंक डिबेन्चर २०८३ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार