free website hit counter

साथीकी छोरीलाई यौन दुर्व्यवहार गर्दा गोर्खा सैनिक जेलमा (यस्ता छन् कारबाही)

beemaadmin
२०७७ भाद्र २, मंगलवार

लन्डन । यौन दुव्र्यवहारको आरोपमा एक गोर्खा सैनिक जेल चलान भएका छन् । आफ्नै साथीको छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ब्रिटिस सेनामा सेवारत एक गोर्खा सैनिकलाई जेल चलान गरिएको हो।

यसरी जेल चलान हुनेमा ४४ वर्षीय बिनोद राईलाई रहेका छन् । उनलाई ब्रिष्टोल क्राउन कोर्टले साँढे दुई वर्षका लागि जेल चलान गरेको स्थानीय अनलाइन वील्शायर टाइम्सले उल्लेख गरेको छ । सला सुनाउंदै न्यायधिस जेम्स प्याट्रिकले आफ्नो देशको लागि राईले सम्मानका साथ् काम गरेको भए पनि उनले बालिकामाथि अस्वस्थ चाहना राखेको बताएका थिए । घटना गत वर्ष सन् २०१९ को जुलाईमा घटेको थियो । आफ्नो बच्चा लिन रेल्वे स्टेशन पुगेका राइले ति १३ वर्षीय बालिकालाई समेत गाडीमा राखेर संगै लिएर आएका थिए । उनलाई स्टेशनबाट ल्याउनको लागि अविभावकले अनुमति नदिएको बालिकाका अविभावकले बताएका छन् ।

आफ्नो घरमा आएपछी गाडी पार्क गरेर उनि ड्राइभर सिटबाट बाहिर निस्किए र पछाडिको झ्याल खोले जहाँ ति बालिका बसेकी थिइन् । राईले ति बालिकाको छातीका संवेदनशील अंगमा सुम्सुम्याउने र पछाडी ढल्किन भन्दै उनको खुट्टाको बीचमा हात राख्ने प्रयास गरेका थिए ।

सोहि समयमा ति बालिकाको बुबाले उनलाई बोलाएपछी सो घटनाक्रमको अन्त भएको थियो । तर, राईले भने आफूले गल्ति नगरेको भन्दै आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । राईको चरित्र राम्रो रहेको र उनले विशिष्ट रुपमा देशको सेवा गरदै आएको बताइएको छ । यौन दुर्व्यवहारको आरोप लागेका कारण उनले आफ्नो जागिर तथा आवास गुमाउनुका साथै बेलायतमा बस्न पाउने कानूनी अधिकार समेत गुमाउन सक्नेछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार