free website hit counter

सानिमाका ग्राहकले पाउने भए फ्युचर वर्ल्डमा छूट

beemaadmin
२०७६ फाल्गुन १७, शनिबार

काठमाडौं । सानिमा बैंक र आस्ट्रल कम्प्युटर्स नेपाल (फ्युचर वर्ल्ड) बीच छुटसम्बन्धी सम्झौता भएको छ । यस बैंकका ग्राहकलाई एपलका प्रडक्ट जस्तैः आइफोन, आइप्याड, म्याकबुक तथा अन्य एशेसरिजमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकको डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपालका महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारास्थित सिभिल मल अवस्थित फ्युचर वर्ल्डमा एपलका प्रोडक्ट खरिद गर्दा ६ हजार रुपैयाँसम्म नगद तथा ७ हजार रुपैयाँसम्मका एशेसरिज पाउने छन् । साथै, बैंकका ग्राहकहरुले क्रेडिट कार्डमार्फत १८ महिनाको मासिक किस्ता भुक्तानी गर्न सक्ने छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार