free website hit counter

सानिमा जिआइसीको संचालक समिति अध्यक्षमा कयाल, सिइओमा उपाध्याय नियुक्त

beemaadmin
२०७९ कार्तिक १६, बुधबार

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेको कुनाल कयाल अध्यक्षतामा नयाँ संचालक समिति गठन भएको छ । साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच मर्जरमा जाने सम्झौता भएपश्चात् बनेको ‘सानिमा जिआइसी इन्स्योरेन्स’को संचालकहरु चयन गरिएको हो ।
कात्तिक ७ गते सोमबारदेखि निर्जिवन बीमा सेवाको एकिकृत कारोबार संचालन गरेको सानिमा जिआइसी इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा कुनाल कयाल नियुक्त भएका हुन् ।त्यस्तै, अन्य संचालकहरुमा डा. हेमन्त दवाडी, सोनाम ग्याछो, कृष्ण बोहरा, मिता मुरारका अग्रवाल र प्रकाश मान श्रेष्ठ गरी कुल ६ जनाको नयाँ संचालक रहेका छन् ।

सिइओमा उपाध्याय नियुक्त
मर्जरपछि बनेको सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जर सम्झौता गरी एकिकृत कारोबार थालिसकेका छन् । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स नेपालबीच मर्जर सम्झौता सम्पन्न भइ कात्तिक ७ गते बसेको संचालक समितिको बैककले सीइओमा उपाध्यायलाई नियुक्त गरेको जनाएको छ ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार