free website hit counter

सानिमा जिआईसी र वाइज याक सोलुसन्सबीच सम्झौता

beemaadmin
२०८३ जेष्ठ २०, बुधबार

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र वाइज याक सोलुसन्स प्रा.लि.बीच एआई प्रविधिमार्फत कृषि तथा पशुपन्छी बीमा र लघु बीमासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार सिराहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लामा बीमाको पहुँच नपुगेका क्षेत्र तथा समुदायलाई लक्षित गरी स्थानीय भाषामा बीमा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। यसले ग्रामीण तथा पहुँचविहीन वर्गमा बीमाबारे जानकारी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement

सम्झौतापत्रमा सानिमा जिआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्याय र वाइज याक सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. सुरेश मानन्धरले हस्ताक्षर गरेका हुन्।

Advertisement
Advertisement

सम्बन्धित समाचार