free website hit counter

सानिमा बैंकको वित्तीय सहयोग धुलिखेलमा पाँचतारे होटल

beemaadmin
२०७६ फाल्गुन ९, शुक्रबार

काठमाडौं । धुलिखेलमा सुविधासम्पन्न पाँचतारे होटल तथा रिसोर्ट स्थापना हुने भएको छ । ओमस्टोन एशिया क्यापिटल नेपाल (ओएसीएनपिएल) ले होटल स्थापना गर्नको लागि वित्तीय व्यवस्थापन गरेको छ । दुसित थानी हिमालयन रिसोर्ट एण्ड स्पा स्थापनाको लगानीका लागि सहवित्तीयकरण अन्तर्गत सानिमा बैंकको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक सहभागी भई यही फाल्गुन ७ गते ऋण सम्झौता सम्पन्न भएको छ । सो परियोजना निर्माणको अनुमानित लागत एक अर्ब २७ करोड रुपैयाँ रहेको छ ।
ओएसीएनपिएलले दुसित थानी हिमालयन रिसोर्ट तथा भिल्ला व्यवस्थापन र संचालनको लागि दुसित इन्टरनेशनलसँग सहकार्य गर्नेछ । दुसित इन्टरनेशनल थाइल्याण्डको प्रख्यात हस्पिटालिटी तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित ब्राण्ड हो जुन अहिलेको समयमा तीव्र गतिमा विस्तार भइरहेको छ । विगत ६५ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा विश्वस्तरीय एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको दुसित इन्टरनेशनलको हाल १८ वटा देशहरुमा २९ वटा होटल तथा रिसोर्ट संचालनमा रहेको छ भने अस्ट्रेलिया, नेपाल, भुटान, चीन, इन्डोनेशिया, केन्या, म्यानमार, ओमन, फिलिपिन्स, कतार, साउदी अरब, सिंगापुर, टर्की र युएई जस्ता देशहरुमा ५२ वटा प्रोजेक्ट निर्माणको योजनामा रहेका छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार