free website hit counter

सानिमा बैंकले ल्यायो छूटै छूटको योजना

beemaadmin
२०७६ मंसिर २०, शुक्रबार

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई समय सापेक्षा सेवा सुविधा थपिरहेका छन् । सानिमा बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा अफर सानिमा बैंकको, रोजाई तपाईको नामक योजना ल्याएको छ।
यो योजनामा बैंकले आफ्ना विभिन्न डिजिटल सेवाहरू तथा सामान खरिदमा छुट दिने जनाएको छ । योजना शुक्रबारदेखि आइतबारसम्म तीन दिनसम्म लागू हुने जनाइएको छ।
बैंकको डिजिटल सेवाहरु डेबिट कार्ड, क्रेडिट कार्ड, ट्राभल कार्ड, प्रायोरिटी पास, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ लगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ। बैंकका अनुसार विभिन्न रेष्टुरेन्ट तथा विद्युतीय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार