free website hit counter

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा

beemaadmin
२०७९ भाद्र २१, मंगलवार

काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७८र७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्तावसँगै वार्षिक साधारणसभाको मिति पनि टुंगो लगाएको छ। कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफामध्येबाट कम्पनीको वित्तीय विवरणमा उल्लेख गरिएबमोजिम चुक्तापुँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसका साथै कम्पनीले आफ्नो ११ औँ वार्षिक साधारणभा आउँदो कात्तिक २ गते आयोजना गर्ने निर्णय पनि गरेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार