free website hit counter

सानिमा रिलायन्स लाइफको ‘भिजन टु भ्यालु’ कन्क्लेभ सम्पन्न

beemaadmin
२०८३ श्रावण २३, शनिबार

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका शाखा प्रमुखहरूको सहभागितामा आयोजना गरेको ‘भिजन टु भ्यालु कन्क्लेभ’ सम्पन्न भएको छ।

पोखरास्थित ग्राण्ड होटलमा साउन १९ र २० गते आयोजित कन्क्लेभमा कम्पनीका अध्यक्ष रतनलाल केडिया, सञ्चालक भरतलाल तोदी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे तथा डेपुटी सीईओ निराजन कँडेलसहित उच्च पदस्थ कर्मचारीहरूको सहभागिता थियो।

Advertisement
Advertisement

कम्पनीका अनुसार कार्यक्रममा देशभर रहेका १६९ वटै शाखाका प्रमुख, मार्केटिङ कर्मचारी तथा विभिन्न विभागका प्रमुखहरूको सहभागिता रहेको थियो।

Advertisement
Advertisement

कन्क्लेभले कम्पनीको वार्षिक व्यावसायिक समीक्षा तथा चालु आर्थिक वर्षका लागि व्यवसायिक रणनीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ। देशभरका शाखा प्रमुखलाई एकै स्थानमा भेला गराई अनुभव आदानप्रदान तथा आगामी व्यवसायिक योजनाबारे छलफल गरिएको थियो।

कार्यक्रममा सीईओ शिवनाथ पाण्डेले बीमाको बजारिकरण, बीमितको हित, अन्डरराइटिङको महत्व, सम्पत्ति शुद्धीकरण तथा बीमा ठगी न्यूनीकरण लगायतका विषयमा प्रशिक्षण दिएका थिए।

कम्पनीका शाखा प्रमुखहरूले आ–आफ्ना अनुभव तथा कार्यक्षेत्रका सिकाइहरू आदानप्रदान गरेका थिए। यस्तो छलफलले शाखाहरूबीच सहकार्य र समन्वयको वातावरण निर्माण गर्दै बीमा सेवालाई थप प्रभावकारी बनाउन प्रेरणा मिलेको कम्पनीले जनाएको छ।

कम्पनीले कन्क्लेभमार्फत आगामी दिनमा व्यवसाय विस्तारसँगै बीमितमैत्री सेवा, जोखिम व्यवस्थापन र व्यावसायिक दक्षता अभिवृद्धिलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।

सम्बन्धित समाचार