free website hit counter

सानिमा र रिलायन्स लाइफ मर्जरमा जाने

beemaadmin
२०७९ असार २९, बुधबार

काठमाडौं । चुक्ता पुँजी वृद्धिका लागि साथी खोज्ने क्रममा सानिमा लाइफ इन्स्योरेन्स र रिलयान्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने भएका छन् । बुधबार बिहान दुई कम्पनीबीच एक आपसमा मर्जरमा जाने सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो । प्रारम्भिक सम्झौतापत्रमा सानिमा लाइफका तर्फबाट सञ्चालक घनश्याम थापा र रिलाइन्स लाइफको तर्फबाट सञ्चालक भरत कुमार तोदीले हस्ताक्षर गरेका हुन् ।
हाल सानिमा लाइफको चुक्ता पुँजी २ अर्ब रूपैयाँ र रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड रूपैयाँ रहेको छ । दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको छ । त्यस अनुसार दुइ कम्पनी मर्ज भएर बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।
यद्यपी दुबै कम्पनीको डिडिए पछि मात्रै स्वाप रेसियो तय हुने कम्पनीले जनाएको छ । दुबै कम्पनीबीच मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले शेयर कारोबार पनि रोक्का गरेको छ ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार