free website hit counter

सिइओमा पाण्डेले पाए स्वीकृति

beemaadmin
२०७९ चैत्र १३, सोमबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डेलाई नियुक्तिका लागि स्वीकृति दिएको छ । एकिकृत कारोबारकै दिन कम्पनीको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको थियो । प्राधिकरणले एकै दिनमा स्वीकृत दिन नसकिने भन्दै उनको सम्पुर्ण फाइल हेरेर आज स्वीकृति प्रदान गरेको हो । प्राधिकरणले स्वीकृत गरे सँगै पाण्डेले भोलिदेखिनै कार्यभार सम्हालन सक्ने छन् ।
साविक सानिमा लाइफ र रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृतलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । साविक रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरिसकेका छन् । साविक सानिमा लाइफका अगम मुखियाले अझै के गर्छन् भन्ने निर्णय गरिसकेका छैनन् । संयुक्त मर्जर कमिटी तथा सञ्चालक समितिले कर्मचारीको जिम्मेवारी भने बाँडफाँड गरिसकेका छैनन् । पाण्डे साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए । उनि २०७७ मंसिर एक गतेदेखि बीमा क्षेत्रबाट बाहिरिएका थिए । उनि बीमा क्षेत्रमा २ वर्ष भन्दा लामो अवधि पछि पुनः फर्किएका हुन् । पाण्डे सूर्या लाइफमा प्रवेश गर्नु अगाडी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए । तत्कालिन सूर्या लाइफका अध्यक्ष तथा नेपाल सरकारका पुर्व सचिव केशव प्रसाद भट्टराईले उनलाई प्रमुख कार्यकारी अधिकृतमा आउन अनुरोध गरे पछि बीमा क्षेत्रमा भित्रिएका थिए ।
चार्टर्ड एकाउन्टेन्ट पाण्डेका लागि तत्कालिन समयमा बीमा क्षेत्र बिल्कुल नयाँ थियो । क्षेत्र नयाँ नै भए पनि उनले कम्पनीलाई केही माथि ल्याउन सफल पनि भए । हक्की स्वभावका पाण्डे जीवन बीमा कम्पनीहरुको उच्च व्यवस्थापकहरुको छाता संगठन ‘नेपाल जीवन बीमक संघको संस्थापक अध्यक्ष समेत हुन् ।

सम्बन्धित समाचार