free website hit counter

सिटिजन्स बैंककाे ऋणपत्र नेप्सेमा सूचीकृत

beemaadmin
२०७७ असार २६, शुक्रबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निष्काशन गरेको रु.२ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०।२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६” लाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार आयोजित एक विशेष समारोहका बीच उक्त समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका हुन् । अबदेखि उक्त ऋणपत्र नेप्सेमार्फत कारोबार गर्न सकिनेछ । यसैबीच नेपाल राष्ट्र बैंकको नीतिअनुसार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सहयोगीविकास बैंक लिमिटेड (जनकपुर केन्द्रीयकार्यालय रहेको) लाई प्राप्ति गरी मिति २०७७ साल असार २० गतेबाट एकीकृत कारोबार शुभारम्भ गरिसकेको छ । प्राप्ति पश्चात बैङ्कको कुल शाखा १०९ पुगेको छ । प्राप्ति पश्चात बैङ्कको चुक्तापूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ । सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०४ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब साढे ६ लाख ग्राहक वर्गलाई आधुनिक बैङ्किङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार