free website hit counter

सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

beemaadmin
२०७६ चैत्र ५, बुधबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मोहन्याल शाखाद्वारा मोहन्याल गाउँपालिका– ४ खिमडी स्थित श्री भृकुटी माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका छात्रछात्राहरुको पठनपाठनमा मद्दत हुने हिसाबले उक्त सहयोग हस्तान्तरण गरेको हो । बैंकले मंगलबार एक कार्यक्रमकाबीच सो विद्यालयलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । विद्यार्थीको सर्वागिंण विकासमा शिक्षाले ठूलो भुमिका खेल्ने भएकोले गर्दा सो कुरालाई ध्यानमा राखी यस बैंकले यो सहयोग गरेको छ । नेपाल सरकारले अवलम्बन गरेको ‘सुखी नेपाली सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ । भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । बैंकले हाल ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार