free website hit counter

सिटिजन्स बैंकले १२ प्रतिशत नगद र तीन प्रतिशत बोनस शेयर दिने

beemaadmin
२०७६ भाद्र ११, बुधबार

काठमाडौं। सिटिजन बैंक इन्टरनेशनलले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत नगद लाभांस र तीन प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । बैंकले विगत सात वर्ष यताकै सबैभन्दा धेरै नगद लाभांस दिन लागेको हो । नेपाल राष्ट्र बैंकले पूँजी बृद्धि योजना ल्याएसँगै बोनस शेयरमा केन्द्रित रहेको बैंकले यस वर्ष भने नगद लाभांसलाई जोड दिएको देखिन्छ। संस्थागत लगानीकर्ताहरुले क्यास फ्लो कम भएपछि पछिल्लो दिनमा बोनस शेयर भन्दा नगद लाभांस वितरण गर्न दवाव दिँदै आएका थिए ।

बैंकको ३०८ औं सञ्चालक समितिको बैठकले तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र लागू हुने गरि लाभांसको घोषणा गरेको हो। बैंकले सोमबार घोषणा गरेको लाभांस दशै अगाडि नै वितरण गर्न सक्नेछ।

आर्थिक वर्ष २०७५÷७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशत अर्थात एक अर्ब रुपैयाँ नगद लाभांस र तीन प्रतिशतले हुन आउने २५ करोड ११ लाख रुपैयाँको बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। बैंकले गत आर्थिक वर्षमा एक अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार