काठमाण्डौ । अग्रणी जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरुका लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१–८२ को मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएका सम्पूर्ण जीवन बीमालेखमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनसदर कायम गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८१–८२ को आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन मंसिर १४ गते बीमा प्राधिकरणबाट स्वीकृत भएको जनाएको छ । कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनसदर तोकेका छ । यस्तै वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखअन्तर्गत ९ वर्षे अवधिका लागि २५ रुपैयाँ, १० देखि १४ वर्षका लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षका लागि २७ रुपैयाा र २० देखि २४ वर्षका लागि २८ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । सिटिजन शुभारम्भ योजना (सावधिक) बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४६ रुपैयाँ,२५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५० रुपैयाँ,२५ देखि २९ वर्षका लागि ६३ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७३ रुपैयाँ बोनसदर प्रदान गर्ने निर्णय गरेको छ । यस्तै, सिटिजन बाल भविष्य योजना (सावधिक) बीमालेख,सिटिजन बाल भविष्य योजना प्लस९सावधिक०बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ४० रुपैयाँ, १० देखि १४ वर्षका लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५२ रुपैयाँ र २५ देखि २९ वर्षका लागि ६७ रुपैयाँ बोनसदरको व्यवस्था गरिएको छ । कम्पनीले सिटिजन जीवन बीमा सारथी योजनाअन्तर्गत ९ वर्षे अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४३ रुपैयाँ,२५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
