free website hit counter

सिटिजन लाइफको अवार्ड वितरण र सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

beemaadmin
२०८२ कार्तिक २६, बुधबार

काठमाडौं । अग्रणी जीवन बीमक सिटिजन लाइफ इन्स्योरेन्सले देशका विभिन्न क्षेत्रमा आयोजना गरेको ‘अवार्ड वितरण तथा सीप अभिवृद्धि समारोह’ सम्पन्न गरेको छ । कार्यक्रमको मुख्य उद्देश्य सिटिजन लिडरहरूबीच आत्मविश्वास, प्रेरणा र सहकार्य प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ । प्रत्येक कार्यक्रममा २५० देखि ३६० जना सहभागी भएका थिए । कार्यक्रमका क्रममा आर्थिक वर्ष २०८१–८२ का ‘ब्रोनज क्लब क्वालिफायर’ हरूलाई सम्मान गरिएको थियो ।
साथै विभिन्न दिनहरूमा उत्कृष्ट प्रदर्शन गर्ने ‘हिरो अफ द डे’ उपाधि प्राप्त लिडरहरूलाई पुरस्कार प्रदान गरिएको थियो । तालिम सत्र कम्पनीका ट्रेनिङ विभाग प्रमुख, प्रमुख व्यवसाय अधिकृत, प्रमुख बजार व्यवस्थापन अधिकृत र प्रमुख कार्यकारी अधिकृतले सञ्चालन गरेका थिए । उनीहरूको प्रेरणादायी सत्रले सहभागीहरूमा नयाँ उत्साह र जोश भरिएको कम्पनीको भनाइ छ । कार्यक्रमपछि आयोजित मनोरञ्जनात्मक सत्रमा लोकप्रिय लोकगायक मिलन लामाले पोखरा र काठमाडौंमा आफ्ना गीत प्रस्तुत गरी माहोल झनै रोचक बनाएका थिए । सहभागीहरूले यसबाट नयाँ ऊर्जा र प्रेरणा प्राप्त गरेको बताएका छन् । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना लिडरहरूमा सकारात्मक सोच र पेशागत क्षमता फैलाउने संस्कृतिलाई निरन्तरता दिँदै आएको जनाएको छ । कम्पनीका अनुसार कडा मेहनत गर्ने लिडरहरूको सम्मान र पुरस्कार प्रदान गर्नु यसको नीति र मूल्यको महत्त्वपूर्ण अङ्ग हो । निकट भविष्यमा पश्चिम तथा हेटौंडा क्षेत्रका कार्यक्रमहरू पनि सम्पन्न गरिने कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार