free website hit counter

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सहयोग

beemaadmin
२०८३ असार २१, आईतवार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कालिकोट जिल्लाका विपद् प्रभावित ५७ परिवारलाई राहत सामग्री वितरण गरेको छ।

कम्पनीले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको समन्वयमा कालिकोटका शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका विभिन्न वडामा रहेका ५७ प्रभावित परिवारलाई स्ट्यान्डर्ड डबल सिरक तथा डसना उपलब्ध गराएको जनाएको छ।

अविरल वर्षाका कारण प्रभावित परिवारलाई अत्यावश्यक न्यानो सामग्री उपलब्ध गराई दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यले राहत वितरण कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ। राहत सामग्री वितरणमा स्थानीय तह तथा सम्बन्धित निकायको समेत समन्वय रहेको थियो।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर राजु सिजापतिको विशेष उपस्थिति रहेको थियो। उनले राहत वितरण कार्यक्रमको समन्वय तथा व्यवस्थापन गर्दै प्रभावित परिवारलाई सिरक र डसना हस्तान्तरण गरेका थिए।

कम्पनीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित तथा आवश्यकतामा रहेका समुदायलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित समाचार