free website hit counter

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एक करोड मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७६ मंसिर २९, आईतवार

कपिलवस्तु । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीतपुर शाखाले मृत्यु दाबी भुक्तानीबापत १ करोड ५० हजार भुक्तानी गरेको छ । कम्पनीद्वारा कपिलवस्तु ४ वाणगंगामा एक कार्यक्रमको आयोजना गरी सवारी दुर्घटनामा ज्यान गुमाएका बीमित सोमनाथ पौडेलकी धर्मपत्नी देवका खनाल पौडेललाई रु १ करोड ५० हजारको चेक हस्तान्तरण गरिएको हो ।
बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई, सिटिजन लाइफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र वाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद चौधरीले संयुक्त रुपमा पौडेलकी श्रीमती देवकालाई चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी चिरन्जीवी चापागाईले जीवन बीमाको आवश्यक्ता तथा महत्वको बारेमा प्रकाश पार्दै बीमितको जीवन नरहे पनि जीवन बीमाको सिद्धान्त तथा मर्म अनुरुप बीमालेखमा उल्लेखित शर्त तथा सुविधा बमोजिम कम्पनीले परिवारका सदस्यलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको र सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य सामाजिक कार्य गर्न सहयोगी हुने बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनी बीमित, अभिकर्तालगायत अन्य सरोकारवालाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिवद्ध रहेको र सोलाई आगामी दिनमा समेत निरन्तरता दिईने बताए ।
बुटवल १३ बेलबास निवासी पौडेलले १५ वर्षे बीमा अन्तर्गत रु.५० लाखको बीमा गरी पहिलो किस्ता बुझाएका थिए । पौडेलकी १ छोरी रहेकी छन । ३३ वर्षीय पौडेलको सवारी दुर्घटनामा परी यहि कार्तिक ५ गते निधन भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार