free website hit counter

सिटिजन लाईफद्वारा मृतकका परिवारलाई बीमा रकम हस्तान्तरण

beemaadmin
२०७७ मंसिर १४, आईतवार

भैरहवा । सिटिजन लाईफ ईन्स्योरेन्सले मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको सिद्धार्थनगर ९, भैरहवा शाखाले मृतकको परिवारलाई बीमा दाबी भुक्तनी गरेको छ ।

कालगतिले निधन भएकी स्व. सरस्वती लोनियाको छोरा सन्दिप लोनियालाई मृत्यु दावी भुक्तानी वापत १ लाख २५ हजारको चेक हस्तान्तरण गरिएको जनाएको छ । ५५ वर्षिया लोनियाको भदौ ७ गते आफ्नै निवासमा निधन भएको थियो ।

Advertisement
Advertisement

तिलोत्तमा नपा १३, विसौरिया, रुपन्देही निवासी स्व सरस्वती लोनियाले सिटिजन शुभारम्भ योजना अन्तर्गतको १ लाखको १५ वर्षे बीमा योजना खरिद गरि पहिलो किस्ता ५,६३० रुपैयाँ बझाएका थिए ।

Advertisement
Advertisement

सिटिजन लाइफ इन्स्योरेन्स भैरहवाका एरिया शाखा प्रमुख नरेश सिग्देल, तिलोत्तमा नपा १३, का वडाध्यक्ष गणेश न्यौपाने, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, भलवारी शाखा प्रमुख रवि काफ्लेलगायतले लोनियालाई चेक हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित समाचार