free website hit counter

सिटिजन शुभारम्भ बीमा योजना सार्वजनिक

beemaadmin
२०७६ कार्तिक २३, शनिबार

काठमाडौं । गरिबीका रेखामुनी रहेका २१ प्रतिशत नेपाली नागरिकलाई लक्षित गर्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन शुभारम्भ जीवन बीमा योजना ल्याएको छ । राजधानीमा आयोजित एक बिशेष कार्यक्रममा उक्त बीमा योजना सार्वजनिक गरेको हो । पाँच बर्षदेखि ६५ बर्ष उमेरसम्मका व्यक्ति यो योजनामा सामेल हुन सक्ने बताइएको छ । बीमा अवधी भने पाँच देखि ३५ बर्षसम्मको हुने बताइन्छ ।
कम्पनीका सञ्चालक समितिका सदस्यहरू मनोज कार्की तथा दिपप्रकाश पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल तथा ब्राण्ड एम्बेसेडरद्वय वरिष्ठ कलाकार हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठले संयुक्त रूपमा उक्त योजनाको सार्वजनिक गरेका थिए । कम्पनीका अनुसार यस योजनाअन्तरगत न्यूनतम रू १० हजारको बीमांंकमा नै बीमा गर्न सकिन्छ । साथै, यसले बीमा अवधीभर तोकिएको जोखिमको रक्षावरण गरि बीमितहरूलाई डबल सुरक्षा प्रदान गर्ने बताइएको छ ।
योजना अनुसार बीमितको साधारण मृत्यु भएमा इच्छाएको व्यक्तिले बीमांकको डबल रकम पाउनेछन् । यदि, दुर्घटनाका कारण बीमितको मृत्यु भयो भने बीमांकको तीन गुणा रकम प्रदान गरिने बताइएको छ । यसैगरि यस बीमा योजनाले स्थायी पूर्ण अशक्तता लाभ, बीमाशुल्क छुट लाभ, मासिक आय लाभ, काजक्रिया खर्च सुविधा तथा रु. ५० लाखसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरू रहेको छ ।
कार्यक्रममा ब्राण्ड एम्बेसेडरद्वय आचार्य र श्रेष्ठले पनि बीमाको महत्व दर्साउदै बीमाको क्षेत्रगत दायरा बढाउनुपर्ने बताएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार