free website hit counter

सिभिल बैंकको अध्यक्षमा प्रतापजङ पाण्डे

beemaadmin
२०७८ मंसिर २, बिहीबार

काठमाडाैं । सिभिल बैंकको नयाँ अध्यक्षमा प्रतापजङ पाण्डे चयन भएका छन् । बैंक सञ्चालक समितिको ३६२औं बैठकले पाण्डेलाई बैंक अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस अघिका अध्यक्ष इच्छाराज तामाङलाई ठगी आरोपमा असोज १८ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो । हिरासतमा रहेका तामाङले कात्तिक १७ गते बैंक अध्यक्ष पदबाट राजीनामा दिएका थिए । रिक्त रहेको बैंक अध्यक्षमा सञ्चालक समितिले पाण्डेलाई नियुक्त गरेको हो ।
अध्यक्ष चयन भएका पाण्डेले बैंकलाई प्रभावकारी रूपमा अघि बढाउन सबै पक्षबाट सहयोग अपेक्षा गर्दै व्यवस्थापन तथा कर्मचारीहरूलाई उच्च मनोबल साथ काम गरी बैंकलाई थप सबल र समृद्ध बनाउन आग्रह गरे । उनले शेयर होल्डरलगायत समग्र पक्षको भावनाअनुरूप अघि बढ्ने प्रतिवद्घता पनि व्यक्त गरेको बैंकले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

जीवन बीमाको व्यापार आशालाग्दो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार