free website hit counter

सिभिल बैंकले बोलायो साधारणसभा

beemaadmin
२०७६ मंसिर १५, आईतवार

काठमाडौं । सिभिल बैंक लिमिटेडले मर्जरसम्बन्धी छलफल तथा गत आर्थिक वर्षको मुनाफबाट घोषणा गरेको लाभांश पारित गर्न पुस ६ गतेका लागि नवौँ वार्षिक साधारण सभा आयोजना गरेको छ । कालिकास्थान डिल्लीबजारमा रहेको अमृतभोगमा बिहान ११ बजे सभा सुरु बैंकले बताएको छ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा घोषित ६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने बताइएको छ। साधारण सभा तथा नगद लाभांश वितरण प्रयोजनको लागि बैंकले मंसिर २३ गतेदेखि सभा सम्पन्न नभएसम्मका लागि शेयरधनी दर्ता किताब बन्द गर्ने बताएको छ।

मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा नगद लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार