free website hit counter

सीईओ गौतमले गरे पदभार ग्रहण

beemaadmin
२०८१ मंसिर २७, बिहीबार

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत (सीईओ) कमल गौतमले पदभार ग्रहण गरका छन् । गौतमले बुधबार कम्पनीका अध्यक्ष अजद श्रेष्ठसमक्ष पदभार ग्रहण गरेका हुन् । मसिंर १८ गते सबेको कम्पनीको सञ्चालक समितिको बैठकले गौतमलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । लगत्तै कम्पनीले स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो । प्राधिकरणले कम्पनीको सञ्चालकको निर्णय बमोजिम नियुक्त अनुमति दिएपछि आज उनले शपथ ग्रहण गरेका हुन् । यसअघि साबिक एभरेष्ट इस्यारेन्समा सीईओको भूमिका निर्वाह गरिसकेका गौतम साविक एभरेष्ट र साविक हिमालयन इन्स्योरेन्स मर्जरपछि नायव प्रमुख कार्यकारी अधिकृत सिनियर डीसीईओ बनेका थिए । उनले गत २०८० फागुनमा हिमालयन एभरेष्टबाट राजीनामा दिएर बाहिरिएका थिए । साविक एभरेष्ट इन्स्योरेन्स समस्यामा थियो । तर, गौतमको व्यवस्थापकीय क्षमताले कम्पनीलाई सुधार गरी थप उचाइमा पुर्‍याएका थिए । नेपाल ग्रिन्डलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेका गौतमसँग हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनबि बैंक, सनराइज बैंक र इन्फ्रान्स्ट्रक्चर डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ । बैंकिङ र बीमा गरी तीन दशक बढी अनुभवी गौतमले त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । गत कात्तिक ८ गते श्रवण रावलको निधन भएपछि यूनाइटेड अजोड इन्स्योरेन्समा सीईओ पद रिक्त थियो । रावलको हृदयघातका कारण निधन भएको थियो ।

सम्बन्धित समाचार