काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई रिक्त रहेको उक्त पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ पाण्डेले माघ १२ गतेदेखि बैंकको सीईओ पदको कार्यभार सम्हालेका छन् । यसअघि बैंकको सीईओमा भुवनकुमार दहाल थिए । उनको कार्यकाल माघ ११ गतेबाट सकिएको हो ।
कर्जाको विषयमा राम्रो विज्ञता राख्ने पाण्डेले बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको जिम्मेवारी निभाइसकेका छन्। उनी सानिमा क्यापिटलको संचालक पनि भइसकेका छन्। बैंकको प्रमुख कार्यकारी अधिकृतबाट मंगलबारदेखि भुवन दहाल अवकाश भएपछि पाण्डेले कार्यभार सम्हालेका हुन्। दहाललाई बैंक सञ्चालक समिति, मुख्य प्रवर्द्धक र व्यवस्थापनले बिदाइ गरेको छ।