free website hit counter

सीडीओ रिजाल अख्तियारको नियन्त्रणमा

beemaadmin
२०७६ पुष १६, बुधबार

काठमाडौं । आफ्नो क्षेत्राधिकारभित्रको मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोपमा निलम्बनमा परेका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद रिजाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका रिजाललाई भ्रष्ट्राचारजन्य कार्य गरेको सम्बन्धमा थप अनुसन्धान गर्नका लागि रिजाललाई नियन्त्रणमा दिइएको बताइएको छ ।

रिजालमाथि दोलखामा सिडिओ हुँदा मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजा र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग २१ हजार रुपैयाँ असुलेको आरोप लागेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार