free website hit counter

सुनको भाउमा भारी गिरावट

beemaadmin
२०८० श्रावण १२, शुक्रबार

काठमाडौं । ऐतिहासिक उचाइ नजिक पुगेको सुनको भाउ शुक्रबार भारी गिरावट भएको छ । साउन १२ गते सुन तोलामा ९०० रुपैयाँले सस्तिएको छ । चाँदीको भाउ पनि यस दिन प्रतितोला ४० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा झरेको छ । बिहीबार भने सुनको भाउ महंगो भएको थियो । हिजो सुन तोलामा ८०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख १३ हजार ५०० रुपैयाँ पुगेको थियो । साताको अन्तिम दिन, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले ओरालो लागेको छ । आज चाँदी प्रतितोला एक हजार ४९० रुपैयाँमा खरिदबिक्री हुँदैछ । बिहीबार भने सुन प्रतितोला २५ रुपैयाँले सस्तिएर एक हजार ४९० रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार