free website hit counter

सुनको भाउ अहिलेसम्मकै उच्च

beemaadmin
२०८० पुष १२, बिहीबार

काठमाडौं । सुनको भाउ फेरी ऐतिहासिक उचाइमा पुगेको छ। बिहीबार सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेर मूल्यमा नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो सुनको हालसम्मकै उच्च मूल्य हो। बुधबार छापावाला सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो। बिहीबार एकैदिन सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो। यसअघि मंसिरमा १८ गते एक लाख २१ हजार ६०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको भाउले बिहीबार त्यो रेकर्डलाई तोडेर नयाँ रेकर्ड कायम गरेको हो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार