free website hit counter

सुनको मूल्यमा गिरावट

beemaadmin
२०८१ माघ १४, सोमबार

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । डलरको मूल्य बढेसँगै र यो साता अमेरिकी केन्द्रीय बैंकले सन् २०२५ का लागि आयोजना गर्न लागेको पहिलो बैठकमा ब्याजदरसम्बन्ध्री निर्णय हुनसक्ने लगानीकर्ताको अपेक्षाबीच सुनको मूल्य घटेको हो । यो समाचार तयार पार्दासम्म सुनको मूल्य ०.३९ प्रतिशत अर्थात १०.८९ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७६१ डलरमा कारोबार भईरहेको छ । आज अमेरिकी डलरको भाउ ०.२ प्रतिशतले बढेको छ । यसले विदेशी खरिदकर्तालाई सुन महङ्गो पर्न गएको छ । यही जनवरी २८ देखि २९ सम्म हुन लागेको फेडरल रिजर्भको बैठकले हालकै ब्याजदर ४.२५ देखि ४.५ प्रतिशतसम्म कायम राख्ने अपेक्षा गरिएको छ । तर फेडरल रिजर्भले अर्थतन्त्रलाई प्रभाव पर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरुवाति कदमहरुलाई कसरी सामना गर्न भन्ने मुख्य चासोको विषय रहेको छ । आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य आज ०.३३ प्रतिशतले घटेर प्रतिऔंस ३०.३८ डलरमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार