free website hit counter

सुनको मूल्यमा व्यापक गिरावट

beemaadmin
२०८१ मंसिर ११, मंगलवार

काठमाण्डौ । अन्तराििष्ट्रय बजारमा सुनको मूल्यमा व्यापक गिरावट आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ३ प्रतिशतले घटेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य ३.१८ प्रतिशत अर्थात ८६.५२ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६२९ डलरमा कारोबार भईरहेको छ । इजरायल र हिजबुल्लाहबीच युद्धविराम हुने प्रबल सम्भावनाका बीच सुनको मूल्यमा व्यापक गिरावट आएको हो । भूराजनीतिक तनाव,युद्ध र आर्थिक अनिश्चिनता जस्ता कठिन समयमा सुनलाई लगानीको सुरक्षित माध्यम मानिन्छ । यस्तै डोनाल्ड ट्रम्पले ट्रेजरी सेक्रेटरीको रुपमा स्कट बेसेन्टलाई मनोनयन गरेसँगै सुनको मूल्यमा गिरावट आएको बताइएको छ । ट्रेजरी सेक्रेटरीको रुपमा स्कट आए यसले अमेरिकी अर्थतन्त्र र वित्तीय बजारमा थप स्थिरता ल्याउने अपेक्षा गरिएको छ । सुनसँगै आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य आज ०.९५ डलरले घट्दै प्रतिऔंस ३०.४ डलरमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार