free website hit counter

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

beemaadmin
२०८२ पुष ३, बिहीबार

काठमाडौं । पुस ३ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा २५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबारको बजारमा सुन प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । बुधबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा खरिद बिक्री भएको थियो । पछिल्ला केही दिनदेखि चाँदीको मूल्य रेकर्ड बनाउँदै बढेको हो ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार