free website hit counter

सुनको मूल्य एक महिनाकै उच्च

beemaadmin
२०८१ माघ ४, शुक्रबार

काठमाण्डौ । सुनको मूल्य पछिल्लो एक महिनाकै उच्च कायम भएको छ । हालै सार्वजनिक भएको अमेरिकी अर्थतन्त्रको तथ्यांकले ट्रेजरीको रेटमा थप दबाब पर्दा सुनको मूल्य उकालो लागेको हो । यस्तै अमेरिकी मुद्रास्फितीदर पनि अपेक्षा गरेभन्दा कम देखिएपछि फेडरल रिजर्भले ब्याजदर सम्बन्धी निर्णय समेत प्रभावित बन्ने देखिएको छ । आज सुनको मूल्य ०.७८ प्रतिशत अर्थात २१.१० डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य आज २ हजार ७१५ डलरमा कारोबार भईरहेको छ । यो मूल्य गत डिसेम्बर १२ पछिकै उच्च हो । गत अक्टोबर ३१ मा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यस दिन सुनको मूल्य प्रतिऔंस २ हजार ७९० डलर पुगेको थियो । अमेरिकाको श्रम विभागले जारी गरेको तथ्यांकअनुसार जवनरी ११ सम्म २ लाख १७ हजार व्यक्तिले बेरोजगारी भत्ता लिएका छन् । यो संख्या अपेक्षा गरेभन्दा बढी हो । यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य आज ०।२० डलरले बढ्दै प्रतिऔंस ३०.८३ डलरमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार