free website hit counter

सुनको मूल्य तीन लाख नाघ्यो

beemaadmin
२०८३ बैशाख २९, मंगलवार

बैशाख २९ गते मंगलबार नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको छ। आज सुन प्रतितोला ४ हजार ४०० रुपैयाँले वृद्धि हुँदै तीन लाख नाघेको हो। साथै, चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५५ रुपैयाँले बढेर ५ हजार ६९५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ।

सम्बन्धित समाचार