काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर दोश्रो दिन पनि बढेको छ । कात्तिक १६ गते, बुधबार सुन तोलामा ५०० रुपैयाँले महंगिएको हो । चाँदी पनि यस दिन तोलामा १० रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन पनि सुनको भाउमा वृद्धि देखिएको थियो । महासंघले मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढाएर प्रतितोला ९३ हजार १०० रुपैयाँ पुर्याएको थियो । चाँदीको मूल्य पनि बुधबार महंगिएको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २२५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । मंगलबार चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि हुँदा प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।