काठमाडौं । मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । मंसिर ५ गते, सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार २०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार १५० रूपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रतितोला ५ रूपैयाँले बढेर एक हजार ४५५ रूपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार चाँदी एक हजार ४५० रूपैयाँमा खरिदबिक्री भएको थियो ।