free website hit counter

सुन र चाँदीको मूल्यमा निरन्तर रेकर्ड ब्रेक

beemaadmin
२०८२ पुष २९, मंगलवार

काठमाडौं । पुस २९ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ । यस दिन सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदीको मूल्यले तोलामा १४५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार कायम रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले यस दिन नयाँ रेकर्ड बनाएको हो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य निरन्तर तेस्रो दिन रेकर्ड बनाउँदै बढेको हो । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा भने चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँमा खरिद–बिक्री भएको थियो। सो रेकर्डलाई ब्रेक गर्दै चाँदीको मूल्यले यस दिन नयाँ रेकर्ड बनाएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार