free website hit counter

सूचना विभागको महानिर्देशकमा शर्मा

beemaadmin
२०७७ श्रावण १३, मंगलवार

काठमाडौँ । केही दिनअघि मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका सहसचिव किरणराज शर्मालाई सूचना तथा प्रसारण विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार वरिष्ठ सहसचिव शर्मालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहेका शर्माको केही दिन अघि मात्रै मन्त्रालयमा सरुवा भएको थियो ।

यस अघि संघीय मामिला तथा सामान्य प्रशासन, वन मन्त्रालय र लोक सेवा आयोग लगायतमा काम गरी सकेका शर्मा प्रशासन क्षेत्रमा विवादरहित व्यवसायीक प्रशासकका रूपमा चिनिन्छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार