free website hit counter

सूर्यज्योतिको एमडिआरटी मिट २०२३ भव्य सम्पन्न

beemaadmin
२०७९ चैत्र १९, आईतवार

काठमाडौं । नयाँ फड्को मार्ने उद्देश्यका साथ एक भएकाे सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडिआरटी मिट २०२३ धुलिखेलमा भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा एमडिआरटी २०२३ का लागि मनोनित सम्पुर्ण एमडिआरटीहरुलाई सम्मान गर्नुका साथै सिओटी हुन सफल गौरब कुमार शाही र टिओटी कमल प्रसाद घिमिरेलाई विशेष सम्मान गर्दै टिओटी कमल प्रसाद घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाईकल कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्तान्तरण गरेका हुन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरुले उक्त कार्यक्रममा सिओटी टिओटी तथा एमडिआरटी हरुलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए । सोहि कार्यक्रममा उपस्थित सम्पुर्ण व्यक्तित्वहरुले एकसाथ कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण गरेका थिए । उक्त क्यालेन्डरमा देशका विभिन्न स्थानहरुबाट सूर्यज्योति झल्किने मनमोहक तस्बिरहरु समावेश गरिएको छ ।
यस कार्यक्रमले आगामी वर्षहरुमा एमडिआरटी संख्या अझ बृद्धि गर्ने हौसला मिलेको कुरा सिओटी गौरव कुमार शाहीले जानकारी गराए । सोही कार्यक्रममा टिओटी कमल प्रसाद घिमिरले अभिकर्ता पेशालाई मर्यादित बनाउन अहोरात्र आफु खटिने जानकारी गराए । कार्यक्रममा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त गरेका थिए । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडिआरटी हरुको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न प्रेरित गरेका थिए ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार