free website hit counter

सूर्यज्योति लाइफको नाफा बढ्याे, अन्य सूचकहरू पनि सकारात्मक

beemaadmin
२०८३ बैशाख १९, शनिबार

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी ले ३३ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भएको २९ करोड ५७ लाख रुपैयाँ नाफाभन्दा बढी हो।

कम्पनीको बीमा शुल्क आम्दानी पनि वृद्धि भएको छ। गत वर्षको चैतसम्म ७ अर्ब ६३ करोड ७१ लाख रहेको कुल बीमा शुल्क यस वर्ष बढेर ८ अर्ब ७४ करोड ३४ लाख पुगेको छ। त्यस्तै, चालु वर्षको चैतसम्म खुद बीमा शुल्क ८ अर्ब ६१ करोड ४० लाख रुपैयाँ पुगेको छ।

Advertisement
Advertisement

अन्य वित्तीय सूचकहरू पनि सन्तोषजनक छन्। चैतसम्म कम्पनीको महाविपत्ति कोषमा ४५ करोड ३० लाख, रिटेन्ड अर्निङमा ५३ करोड ४० लाख र अन्य इक्विटीमा २९ करोड २ लाख रुपैयाँ सञ्चित रहेको छ। जीवन बीमा कोष ४८ अर्ब ४३ करोड ६० लाख रुपैयाँ पुगेको छ।

Advertisement
Advertisement

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी (EPS) ८.७९ रुपैयाँ कायम भएको छ।

सम्बन्धित समाचार