free website hit counter

सूर्यज्योति लाइफको बीमाशुल्क १२ अर्ब ९४ करोड, नाफा बढ्यो

beemaadmin
२०८३ श्रावण २७, बुधबार

काठमाडौँ । नेपालका अग्रणी जीवन बीमकका रूपमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा व्यवसाय विस्तारसँगै नाफामा समेत सुधार गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा १२ अर्ब ९४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ११ अर्ब १८ करोड रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको खुद बीमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि भएको हो।

Advertisement
Advertisement

बीमाशुल्क आर्जन बढेसँगै कम्पनीको खुद नाफा ८.५४ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षमा कम्पनीले ३८ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ३५ करोड २ लाख रुपैयाँ रहेको थियो।

Advertisement
Advertisement

कम्पनीको बीमा व्यवसाय विस्तारसँगै दाबी भुक्तानी पनि बढेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले १३ अर्ब ६४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो भुक्तानी ११ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो।

त्यस्तै, कम्पनीको कुल खर्च १४ अर्ब ५२ करोड रुपैयाँबाट बढेर १६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १७ अर्ब ९ करोड रुपैयाँ रहेको छ।

कम्पनीको रिटेन्ड अर्निङ भने घटेको छ। अघिल्लो आर्थिक वर्षमा ९२ करोड ३६ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ गत आर्थिक वर्षमा घटेर ६० करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको महाविपत्ती कोषमा ४५ करोड ८० लाख रुपैयाँ रहेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५९ पैसा, प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ६८ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २१६ रुपैयाँ २३ पैसा र मूल्य–आम्दानी अनुपात ५४.४४ गुणा रहेको छ।

व्यवसाय विस्तार, बीमाशुल्क आर्जन तथा दाबी भुक्तानीमा निरन्तर सक्रिय रहँदै आएको सूर्यज्योति लाइफले नेपालको जीवन बीमा बजारमा आफ्नो अग्रणी उपस्थिति कायम राखेको छ।

सम्बन्धित समाचार