free website hit counter

सूर्यज्योति लाइफको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

beemaadmin
२०८१ पुष ७, आईतवार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गरेको छ । कम्पनीको १७ औं वार्षिक साधारणसभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले आव २०८०–८१ को लागि प्रस्तावित २० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) एक अर्ब २३ लाख बढी नगद लाभांश वितरण गरिने जनाइएको छ । सभाले कम्पनीको आव २०८०–८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत आव २०८०–८१ मा भएका खर्चहरूलाई अनुमोदन गर्नुका साथै सभाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि लेखा परीक्षकको रूपमा सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ । सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट रिक्त रहेको पदमा नियुक्तिको अनुमोदन गर्दै कम्पनीको व्यवस्थापनलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण निर्णयहरू गरेको छ । साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले गरेका थिए । सभामा कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, शेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवन बीमामध्ये सबैभन्दा पहिला साधारण सभा सम्पन्न गर्ने कम्पनी बनेको छ ।

सम्बन्धित समाचार