free website hit counter

सूर्या लाइफको तीन लाख कित्ता शेयर लिलामीको तयारी

beemaadmin
२०७६ कार्तिक १०, आईतवार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले यही कात्तिक २४ देखि ३ लाख ९ हजार ३०२ कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको संस्थापक तर्फको २७ हजार ३८९.२ कित्ता र सर्वसाधारणहरुको तर्फको २ लाख ८१ हजार ९१२.८ कित्ता शेयर गरी सो बराबरको शेयर लिलामीमा बिक्री गर्न लागेको जनाएको छ ।
इन्स्योरेन्सले गत भदौ ८ देखि असोज १२ गते म्म ८८ करोड ७४ लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गरेको थियो । हकप्रदमा शयेर बिक्री नभएको बाँकी शेयर लिलामीमा आउने भएको हो ।
कम्पनीको लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँमा तोकिएको छ । त्यस अनुसार न्युनतम मूल्य भन्दा बढी मूल्य तोकेर बोलकबोल पेश गर्नुपर्नेछ । आबेदकले न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक तर्फ अधिकतम सबै कित्ताको लागि र सर्वसाधारण तर्फ अधिकतम ५० हजार कित्ता सम्मको लागि मात्रै आबेदन गर्न सकिनेछ ।
बोलपत्र पेश गर्न इच्छुकले कम्पनीको शेयर बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल र सुर्या लाइफको वीरगंज, नेपालगंज, बुटलव, पोखरा, धन्गढी, महेनद्रनगर र इटहरी शाखामा मंसिर १ गते सम्ममा आबेदन दिन सकिने जनाइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार