free website hit counter

सूर्या लाइफको संस्थापक शेयर लिलाम बिक्रीमा

beemaadmin
२०७६ चैत्र ४, मंगलवार

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नाममा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ। बैंकले इन्स्योरेन्स कमपनीको ३९ हजार १०० कित्ता संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि आज (चैत ४ गते) देखि चैत १२ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। शेयरको न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामी शेयरको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको लगानीकर्ताले एनआईसी एशिया क्यापिटलका साथै एनआईसी एशिया बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र काठमाडौँ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार