काठमाडौं । विश्व महामारी कोरोनाका कारण विषम परिस्थितिका बाबजुद सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सबैजसो सूचकमा सुधार ल्याएको छ । कम्पनीले चलु आर्थिक वर्षको पहिलो त्रैमासमा ८३ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
२ अर्ब १५ करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७६ करोड १ लाख रुपैयाँ संचिती रहेको छ । जीवन बीमा कोषमा ८ अर्ब ७ करोड ४६ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ११ करोड ९४ लाख रुपैयाँ रहेको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा २ करोड २८ लाख १७ हजार रुपैयाँले बढी हो।
त्यस्तै कम्पनीले चालु आर्थिक वर्षको समिक्षा अवधिमा १७ करोड ५९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड २४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीले बीमालेख धितोबापत ९५ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसबापत कम्पनीले २ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ।
समिक्षा अवधिमा कम्पनीले कुल २ हजार ७३ दाबीबापत १८ करोड ३७ लाख रुपैयाँ भुक्तानी गरेको छ । १६४ दाबी बापतको २ करोड १६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। समिक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८६ पैसा कायम भएको छ ।