free website hit counter

सूर्या लाइफले उठायो बीमा शुल्क २ अर्ब ३२ करोड, अरु सूचांकमा पनि प्रगति

beemaadmin
२०७७ माघ २८, बुधबार

काठमाडौं। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ३२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब ३० करोड रुपैयाँ थियो। कम्पनीले ६ महिनाको अवधिमा ३५ करोड ५९ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ। गत वर्षको यहि अवधिमा १४ करोड ५५ लाख रुपैयाँ थियो। अभिकर्ताले यसै अवधिमा २५ करोड ८२ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन्। गत वर्षमा अभिकर्ताले १६ करोड ३६ लाख रुपैयाँ लिएका थिए।
बीमा शुल्क आर्जन सँगै कम्पनीको खुद मुनाफामा पनि उल्लेख्य सुधार भएको छ। यसै अवधिमा ३२ प्रतिशतले खुद मुनाफा आर्जन बढेको हो। कम्पनीले ६ महिनाको अवधिमा २० करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। कम्पनीले ३७ करोड ४९ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ। यस्तो आम्दानी गएको वर्षमा भन्दा ३० प्रतिशतले बढेको हो। पोलिसी संख्या भने २६ प्रतिशतले घटेको छ। यसै अवधिमा कम्पनीले तीन लाख २६ हजार ४९६ वटा पोलिसी बिक्री गरेको छ। कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ छ भने जगेडा कोक्षमा ७२ करोड रुपैयाँ छ। जीवन बीमा कोष ९ अर्ब २८ करोड रुपैयाँ बनाउन सफल भएको छ।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

नेपाल बैंकले कमायाे २ अर्ब ७९ करोड नाफा

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार